पूर्वी नेपालबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीमा, देशका धेरै ठाउँमा ठूलो पानी पर्ने



पूर्वी नेपालबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीमा, देशका धेरै ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै २९ जेठ । पूर्वी नेपालबाट भित्रिएको मनसुन अबको दुई दिनभित्र पश्चिमसम्म नै पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर मनसुन अहिले गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको जनाएको छ ।

हिजो प्रदेश एक, प्रदेश दुई र वाग्मतीमा मनसुन आइपुगेको थियो । आउँदो हप्ता मनसुन थप सक्रिय भई देशका धेरै जसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सर्तकता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज पूर्व र मध्य क्षेत्रमा मौसम पूर्ण बदली तथा सुदूरपश्चिम र लुम्बिनीमा आंशिक बदलीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सर्तकता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे