देशभर थप ३,३८४ जनामा सङ्क्रमण पुष्टि, ६,२९५ जना सङ्क्रमण मुक्त, ६१ जनाकाे मृत्यु



देशभर थप ३,३८४ जनामा सङ्क्रमण पुष्टि, ६,२९५ जना सङ्क्रमण मुक्त,  ६१ जनाकाे मृत्यु

काठमाण्डाै २९ जेठ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जना र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार २ जना गरी ३ हजार ३ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७ सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार ७ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ ।

थप ६१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ३ सय ६६ पुगेको छ । अहिले नेपालमा ७१ हजार ३ सय १ जना  सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे