देउखुरीको लमहीमा गाडी तोडफोड गर्ने दुई जना पक्राउ



देउखुरीको लमहीमा गाडी तोडफोड गर्ने दुई जना पक्राउ

देउखुरी २९ जेठ । दाङको लमहीमा गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । लमही नगरपालिका ५ का २६ वर्षका रोशन भेटवाल र वडा नम्बर ६ का २७ वर्षका सुदन केसी पक्राउ परेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

पक्राउ परेका भेटवाल र केसीले जाँड रक्सीको नसामा तोडफोड गरेको बताएका पनि प्रहरी निरीक्षक पौडेलले बताए । लमहीका विभिन्न ठाउँमा गरी ८ वटा गाडी तोडफोड भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे