प्यूठानमा कार दुर्घटना हुँदा चालकको ज्यान गयो



प्यूठानमा कार दुर्घटना हुँदा चालकको ज्यान गयो

प्यूठान २९ जेठ । प्यूठानमा एक सरकारी गाडी दुर्घटना हुँदा दाङ तुलसीपुर उपमहानगरपालिका–४ निवासी प्रकाश आचार्यको मृत्यु भएको छ । वनभोज खान जाने क्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ मल्लरानी नजिकै दुर्घटना हुँदा आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ । कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे