गण्डकी प्रदेश बाहेक अन्य सबै प्रदेशमा निति तथा कार्यक्रम सार्वजनिक



गण्डकी प्रदेश बाहेक अन्य सबै प्रदेशमा निति तथा कार्यक्रम सार्वजनिक

काठमाण्डौ २९ जेठ । गण्डकी बाहेक अरु प्रदेशले आर्थिक वर्ष २०७८\७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । सबै प्रदेशले स्वास्थ्य संस्थाको स्तरवृद्धि, प्रदेशबासीलाई कोरोना विरुद्धको खोप लगाउने र एक विद्यालय एक नर्स कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिवद्धता भन्ने नारा लिएको प्रदेश १ सरकारले समग्र स्वास्थ्य सेवा प्रणालीको पुन :र्सरचना गर्ने उल्लेख राखेको छ ।

बागमती प्रदेशका ३ सय ५९ सामुदायिक माध्यामिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भैरहेको छ । विद्यालयमा परिचालित स्वास्थ्यकर्मीलाई पनि कोभिड रोकथाम नियन्त्रण तथा उपचारमा परिचालन गर्ने र कोभिड १९ को निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउने कुरा नीति तथा कार्यक्रममा राखिएको छ । लुम्बिनी प्रदेशले निशुल्क रक्तसञ्चार सेवा प्रदान, स्वस्थ लुम्बिनीको पहिचान, अभियान सञ्चालन गरी सबै सरकारी स्वास्थ्य संस्थाबाट रक्तसञ्चार सेवा निशुल्क रुपमा प्रदान गर्ने नीति लिएको छ ।

प्रदेश शिक्षा नीति तर्जुमा गर्नुका साथै प्रादेशीक शिक्षाका लागि आवश्यक मापदण्ड र कार्यविधि निर्माण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा समाबेश छ । सुदुरपश्चिम प्रदेशले, प्रादेशिक चिकित्सा मापदण्ड तयार गरी स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रवाह गर्ने र नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने कुरालाई नीति तथा कार्यक्रममा जोड दिएको छ । सबै प्रदेशले स्वास्थ्य बीमा कार्यक्रम बिस्तारलाई पनि प्राथमिकतामा राखेका छन् । प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसार नै असार १ गते बजेट ल्याउने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे