दाङमा ३१ जना कोरोना संक्रमित थपिए, ४४ जना संक्रमण मुक्त



दाङमा ३१ जना कोरोना संक्रमित थपिए, ४४ जना संक्रमण मुक्त

 दाङ २८ जेठ । दाङमा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय २० जनामा परिक्षण गर्दा २० महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोनालाई जितेका छन् । साथै आज ३१ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ४३३ रहेको छ । जसमध्य ३ सय ३७ जना होमआइसोलेसनमा, ९६ जना संस्थागत आइसोलेसनमा, ८१ जना सामान्य उपचारमा छन् भने १५ जना आईसियूमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे