दाङमा गोली फाइरिङ गर्ने २ जना पक्राउ



दाङमा गोली फाइरिङ गर्ने २ जना पक्राउ

तुलसीपुर २८ जेठ । दाङ तुलसीपुर क्षेत्रको टिकरीमा गोली फाईरिङ गरेको आरोपमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आकास चौधरी रहेको प्रहरीले बताएको छ । उनीहरुलाई शुक्रवार दिउँसो टिकरी नजिकै अश्वार गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका  कार्यालयका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिएका छन् । 

जग्गा विवाद हुदा उनीहरुले गोली चलाएको शर्माको भनाई छ । तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केहि खुलाएको छैन । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे