पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको पहिचान खुल्यो



पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको पहिचान खुल्यो

धनुषा २८ जेठ । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा अवस्थित पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेरका पाँच बालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।पोखरीबाट ५ जनाको शव निकालिएको छ भने अन्य दुई बेपत्ताको हुदा खोजी भइरहेको जनाइएको छ । डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनियायादव, १० वर्षीया चन्दाकुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे