लालमटियामा पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु



लालमटियामा पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

भालुवाङ २८ जेठ । दाङको देउखुरीमा पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोकिक्दा एक जनाको मृत्यु भएको छ ।

लमही भालुवाङ सडक खण्ड अन्र्तगत राप्ती गाउँपालिका २ लालमटियामा बिहीबार बेलुका साढे ११ बजेतिर पूर्व देखि पश्चिम तर्फ जादै गरेको लु अ अ च ५३३४ नम्बरको पिकअप भ्यान र पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको भे १ प ८४२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक राप्ती गाउँपालिका ३ पैसठ्ठी नम्बर मौरीघाट निवासी अन्दाजी २२ बर्षीय रञ्जित चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक भट्टका अनुसार लुम्बिनी प्रदेश सरकारले बाँके प्रहरीलाई प्रदान गर्न त्यस तर्फ लैजादै गरेको उक्त भ्यानले ठक्कर दिएको हो ।“ भर्खर कम्पनीबाट निकालेर प्रदेश सरकारले बाँकेको प्रहरीलाई दिनका लागि त्यस तर्फ लैजादै गरेको थियो”, उनले भने“तर, हस्तान्तरण भने भइसकेको थिएन् ।”
सोही गाडीको चालक पनि कम्पनीकै मान्छे थिए ।

उक्त गाडीको अस्थायी नम्बर प्लेट हो । मृतक चौधरीको शवलाई लमही अस्पतालमा राखिएको छ । साथै मोटरसाइकललाई ठक्कर दिने प्रहरीको भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । मोटरसाइकल तीव्रगतीमा भएकोले दुर्घटना भएको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे