देउखुरीको गढवामा गाई बाँध्ने क्रममा एक जनाको मृत्यु



देउखुरीको गढवामा गाई बाँध्ने क्रममा एक जनाको मृत्यु

गढवा २८ जेठ । देउखुरीमा गाई बाध्ने क्रममा एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका ६ प्रगतीनगरका ७५ वर्षिय ताराप्रसाद पाठकले बाँधेको गाईलाई एक ठाउँबाट आर्को ठाउँमा सार्ने क्रममा बिहिवार बेलुका पौने ६ बजे तिर गाईले घिसारेको थियो पाठकको टाउकोमा गहिरो चोट रहेको छ ।

गाई बाध्ने क्रममा दाम्लो हातमा अल्झिएको रहेछ । गाई बिच्केर भाग्ने क्रममा पाठकलाई घिसार्दै झण्डै ५०÷६० मिटर टाढा लगेर अडिए पछि छिमेकीले पाठकको हातबाट दाम्लो खोली दिएकाइलका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक राजकुमार भट्टले जानकारी दिनु भएको छ । गम्भीर घाइते भउका पाठकलाई उपचारका लागि लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे