दाङ देउखुरीका एक युवकको स्याङ्जामा करेन्ट लागेर मृत्यु



दाङ देउखुरीका एक युवकको स्याङ्जामा करेन्ट लागेर मृत्यु

सिसहनियाँ २६ जेठ । दाङ देउखुरीका एक युवकको स्याङ्जामा करेन्ट लागेर मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ कोहलुवा निवासी २० वर्षिय शशिधर थापामगरको मृत्यु भएको हो ।

सोमबार बेलुका ८:३० बजेको समयमा मोबाइल चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको थियोे । करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरलाई अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सँगै काम गर्न गएका हुकुमबहादुर दर्लामीमगरले जानकारी दिएका छन् ।

मृतक थापामगर विगत केही महिना देखि स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ८ मा पुल निर्माणमा मजदुरीका रूपमा काम गर्दै अाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे