भेरीमा बगेर बेपत्ता दीपाको खोजीमा ३ जिल्लाका प्रहरी परिचालन



भेरीमा बगेर बेपत्ता दीपाको खोजीमा ३ जिल्लाका प्रहरी परिचालन

दाङ २६ जेठ । मंगलबार बिहान साढे ११ बजे भेरी नदीमा बगेर बेपत्ता भएकी रुकुम पश्चिमकी १६ बर्षीया दीपा डाँगीको खोजीको लागि बुधबार तीन जिल्लाका प्रहरी परिचनाल भएको छन् । बुधबार बिहानैदेखि दीपाको खोजी गर्नको लागि जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाको भेरी नदी किनार क्षेत्रको प्रहरी परिचालन भएका छन् ।

जाजरकोट जिल्लाको कुदु प्रहरी चौकी, मटेला प्रहरी चौकी र छेडागाड प्रहरी चौकीबाट ३÷३ जना गरि ९ जना पौडीबाज प्रहरीहरु बेपत्ता दीपाको खोजीका लागि भनेर खटाएको जाजरकोट प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

उनले रुकुम पश्चिम प्रहरी र सल्यान जिल्लाको नदी किनारको प्रहरीपनि दीपाको खोजीमा खटिएको जानकारी दिए ।
खोजीमा खटिएको प्रहरीले स्थानीयको पनि साथ लिएको छ ।

घटनाको २४ घन्टा बितिसक्दा पनि बेपत्ता डाँगी भने फेला पर्न नसके पछि अब मोटर गाडीका ट्यूबको साहाराले खोजी बारे छलफल भइरहेको डिएसपी थापाले बताए । जाजरकोट जिल्लामा रबरबोट जस्ता साधन नभएको उनले बताए । मंगलबार बिहान साढे ११ बजेतिर भेरी नदीमा बगेर रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १२ दुरनेटाकी दीपा बेपत्ता भएकी थिइन ।

नदीमा बगेका मध्य दीपाकी बहिनी ११ वर्षीया बहिनी गीता र १७ वर्षीय दाजु रामबहादुर डाँगीलाई स्थानीयले उद्धार गरि जिल्ला अस्पताल जाजरकोट पु¥याएका थिए । तर, गीताको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्ने छ । रूकुम पश्चिमको दुरनेटाका उनीहरू मंगलबार जाजरकोटको भेरी नगरपालिकास्थित १ स्थित रावतगाँउमा आफन्तको मृत्युपछि शुद्धशान्तिका लागि पुगेका थिए।

शुद्धशान्तिको कार्यक्रमपछि उनीहरू भेरी किनारको शिवालय मन्दिर दर्शन गर्न गएका थिए । त्यसपछि गर्मी छल्न भन्दै रामबहादुर नदीमा नुहाउन भनेर जान खोज्दा ढुंगामा चिफ्एिर नदीमा खसी बग्न पुगेका थिए । त्यो देखेर दूई दिदी बहिनी एक पछि अर्कौ गर्दैै दाजु बचाउन भनेर नदीमा हामफालेका थिए ।प्रहरीका अनुसार मृतक गीता र दीपा सहोदर दिदी बहिनी हुन । रामबहादुर भने भाइ भाइका छोरा दाजु हुन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे