बाँकेबाट शव लिएर सल्यान जादै गरेको जीप दुर्घटना, तीन जना गम्भीर घाईते



बाँकेबाट शव लिएर सल्यान जादै गरेको जीप दुर्घटना, तीन जना गम्भीर घाईते

दाङ २४ जेठ । बाँकेबाट सल्यानका लागी छुटेको जिप सल्यानमा दुर्घटना भएको छ । नेपालगंजबाट शव बोकेर वनगाड कुपिण्डेको १० थापाचौर जाँदैे गरेको जिप खलङगा थाचौर सडकखण्ड अन्र्तगत वनगाड कुपिण्डेको वडा नम्वर ८ आगरनेटामा सोमवार विहान तिन बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिएका छन् ।

घाईते मध्ये चालक बलबहादुर, हुर्मति र आईतुलालको अवस्था गम्भिर छ । उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । अन्य घाईतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको र अवस्था सामान्य रहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे