दाङमा लकडाउन मंगलबार देखि सकिदै, थप निर्णयका लागि डिसिसिएमसीको बैठक बस्ने



दाङमा लकडाउन मंगलबार देखि सकिदै, थप निर्णयका लागि डिसिसिएमसीको बैठक बस्ने

दाङ २४ जेठ । दाङमा गत बैशाख १७ गते देखि लकडाउन जारी छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भएसंगै यसको रोकथाम,नियन्त्रण तथा उपचारका लागि गरिएको लकडाउनको मंगलबार बेलुकी छ बजे सकिदैछ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) ले पटकपटक लकडाउनको समय थप गदै जेठ २५ गते सम्म जारी राख्ने निर्णय गरेको छ । गएको जेठ १४ गते बसेको बैठकले तेस्रो पटक लकडाउनको समय थप गदै भोलि मंगलवार बेलुकी छ बजे सम्म जारी राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे