रेडियो राप्ती तथा राप्ती टेलिभिजनका संचारकर्मीलाई गुराँस फार्मेसीद्धारा स्वास्थ्य सामाग्री प्रदान



रेडियो राप्ती तथा राप्ती टेलिभिजनका संचारकर्मीलाई गुराँस फार्मेसीद्धारा स्वास्थ्य सामाग्री प्रदान

भालुवाङ १९ जेठ । गुराँस फार्मेसी राप्ती गाउँपालिका १ भालुवाङले बुधवार रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा कार्यरत ७ जना संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । गुराँस फार्मेसीका सन्चालक तथा स्वास्थ्यकर्मी कृष्ण श्रेष्ठले रेडियो राप्ती तथा राप्ती टेलिभिजनको कार्यालयमा आई सो स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

जसमा १ हजार रुपैयाँ बराबरको २ सय ५० पिस सर्जिकल मास्क, ५ सय रुपैयाँ बराबरको १० पिस केएन १९ मास्क, १ हजार २ सय ८० रुपैयाँ बराबरको १० पिस सेनिटाइजर, ४ सय रुपैयाँ बराबरको १० पिस सर्जिकल ग्लोबस, २ सय रुपैयाँ बराबरको १ थान थर्मोमिटर, ७ सय रुपैयाँ बराबरको १ बक्स भिटामिन सी र १ हजार रुपैयाँ बराबरको जिङक टयाब्लेट गरी कुल ५ हजार २० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

सो अवसरमा उनले थोरै भए पनि फन्ट लाइनमा काम गर्ने पत्रकारहरुलाई पनि स्वास्थ्य सामाग्री र युनिटिपावर बढाउने औषधी दिएको बताए । त्यस्तै स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा फार्मेसीका सन्चालक तथा स्वास्थ्यकर्मी श्रेष्ठलाई रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन तथा समाचार प्रमुख ओमप्रकाश गुप्ताले धन्यवाद दिएका थिए ।

साथै गुराँस फार्मेसीबाट प्राप्त उक्त स्वास्थ्य सामाग्री रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा कार्यरत सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता, कार्यक्रम तथा विज्ञापन उत्पादन प्रमुख बिरेन्द्र गिरी, प्राविधिक प्रमुख अरुण पौडेल, समाचार बाचिका प्रमुख अंशु बोहरा, कार्यक्रम प्रस्तोताहरु मधु मल्ल र हुमा सुनारलाई रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन तथा समाचार प्रमुख ओमप्रकाश गुप्ता प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे