दाङमा बञ्चरो र फरुवा प्रहारबाट २ जना घाइते



दाङमा बञ्चरो र फरुवा प्रहारबाट २ जना घाइते

तुलसीपुर १९ जेठ । पश्चिम दाङमा बञ्चरो र फरुवा प्रहारबाट २ जना घाइते भएका छन् । जिल्लाको बबई गाउँपालिका–२ भालुडाँडा निबासी ४० बर्षका जित बहादुर विकले सामान्य घरायासी विवादका कारण ३० बर्षका भाइ टेक बहादुर विकलाई बञ्चरो प्रहार गर्दा गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नविन चुडालीले जानकारी दिएका छन् ।

सोही ठाउँका ५० बर्षका विवेकमान वली, र उनका छोरा २७ बर्षका लक्ष्मण वलीले फरुवा प्रहार गर्दा ४५ बर्षका पदम बहादुर बुढाथोकी घाइते भएको पिडित परिवारले जानकारी दिएको छ । प्रहरी निरीक्षक चुडालीले विवाद भएपनि फरुवा हानेको वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे