वडा अध्यक्ष पाण्डे माथि प्रहरीको दुर्व्यवहार



वडा अध्यक्ष पाण्डे माथि प्रहरीको दुर्व्यवहार

दाङ १८ जेठ । घोराही उपमहानगर पालिका वडा नम्बर १५ का वडाध्यक्ष रमेश पाण्डे माथी प्रहरीले दुर्व्यवहार गरेको छ ।

मंगलबार दिउसो १२ बजेतिर रतनपुरका एक जना वडाबासीले अक्सिजन सिलिन्डर खोजेर ल्याइदिन आग्रह गरेपछी वडा कार्यालय बाट उनी अक्सिजनको खोजिमा निस्किएका थिए । सोही बेला प्रहरीले उनी माथी दुर्व्यवहार गरेको वडाध्यक्ष पाण्डेले बताए ।

आफ्नो वडा कार्यालयबाट अक्सिजनको खोजीमा हिडेका वडाध्यक्ष पाण्डे जिल्ला प्रहरी कार्यालय नजिकै पुग्दा त्यहाँ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले चेकिङ्ग गरिरहेको थियो ।

वडाध्यक्ष पाण्डेलाई प्रहरी निरीक्षकले रोके । पाण्डेलाई चेकिङ्गमा खटिएका प्रहरी निरीक्षकलाई आफ्नो परिचय दिदै कामको बारेमा बताए । वडा अध्यक्षको परिचय पत्र पनि देखाउदै आफुलाई जान दिन आग्रह गरे त्यो तर प्रहरी निरीक्षकले कुनै वास्ता नगरी वडाध्यक्ष पाण्डेलाई बिनाकारण रोकि रहे ।

प्रहरी निरीक्षकले वडा अध्यक्षको लाइसेन्स पनि मागे र वडाध्यक्ष पाण्डेले त्यो पनि उनको हातमा थमाई दिए तर पनि प्रहरी निरीक्षक अझै रिसाउदै आफुलाइ देख्दा एक किलोमीटर परबाट किन बिस्तारै नआएको भनेर प्रतिप्रश्न गरे ।

प्रहरी निरीक्षकको छाड्ने मनसाय नदेखेपछि आफ्नो स्कुटि प्रहरीलाइ बुझाएर वडाध्यक्ष पाण्डे अर्को बाइक खोजेर उनि जुन कामको लागि वडा कार्यालय बाट निस्केका थिए त्यो काम तिर लागे ।

ड्युटीमा खटिएका प्रहरी निरीक्षकलाई आफ्नो बारेमा सबै परिचय दिदा पनि आफू माथी के कति कारणले यस्तो व्यबहार गरियो पाण्डे आश्चर्यमा परेको बताए ।

मलाई रोकेर चेकिङ्ग किन भयो भनेर मैले भन्दैन तर मैले सबै कागजात देखाउदा देखाउदै पनि मलाई रोकेर अनेक कुरा म प्रती तेर्साउनुले प्रहरीले आम नागरिक प्रती कस्तो व्यबहार गर्दो रहेछ भन्ने कुराको चित्रण गर्छ वडाध्यक्ष पाण्डेले भने ।

यता जिल्ला प्रहरी कार्यालय दाङले चेकीङ्गका क्रममा प्रहरी निरीक्षकले वडाध्यक्षलाइ नचिनेर स्कुटि रोकेको प्रतिक्रिया दिदै आफ्नो स्कुटि लैजान पाण्डेलाई आग्रह गरि सकेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले प्रहरीले नियतबस भन्दा पनि नचिनेर त्यो घटना घटेको र वडाध्यक्ष आफैमा सहयोगी भावना भएको र जिप्रकालाइ धेरै सहयोग गरेको पनि स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे