दाङमा बितेको २४ घण्टामा थप ३८ जनामा कोरोना पुष्टि, थप २ सय ३८ जना संक्रमण मुक्त



दाङमा बितेको २४ घण्टामा थप ३८ जनामा कोरोना पुष्टि, थप २ सय ३८ जना संक्रमण मुक्त

दाङ १८ जेठ । दाङमा वितेको २४ घण्टामा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा एक सय जनाको परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि सोमवार दाङमा ४३ जनामा कोरोना पुष्टि भएको थियो ।  संक्रमित हुनेमा घोराहीका १२ जना, तुलसीपुरका ११ जना, लमहीमा ४ जना, राप्तीका ६ जना, शान्तीनगरका २ जना, दंगीशरणका २ जना र बबईका १ जना रहेका छन् । यो संगै जिल्लामा बैशाख यता संक्रमित हुनेको संख्या ७ हजार १ सय २० पुगेको छ ।

यस्तैगरी जिल्लामा थप २ सय ३८ जना निको भएका छन् । यस अघि सोमवार ७८ जना कोरोना संक्रमित निको भएका थिए । मंगलवार निको हुनेमा घोराहीका १ सय ५ जना, तुलसीपुरका ९८ जना, लमहीका ११ जना, गढवाका २ जना, राप्तीका ५ जना, शान्तीनगरका ८ जना, दंगीशरणका ७ जना, बबईका २ जना रहेको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र घोराहीले जनाएको छ । यो संगै हाल सम्म निको हुनेको संख्या ६ हजार ८२ पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे