नेपालमा काेराेना सङ्क्रमण मुक्त हुने बढ्दै, बितेकाे २४ घण्टामा ६ हजार बढी कोरोना सङ्क्रमण मुक्त



नेपालमा काेराेना सङ्क्रमण मुक्त हुने बढ्दै, बितेकाे २४ घण्टामा ६ हजार बढी कोरोना सङ्क्रमण मुक्त

काठमाण्डाै १८ जेठ । नेपालमा काेभिड–१९ सङ्क्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । गएको २४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ ।

यस्तै गएको २४ घण्टामा २० हजार एक सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार दुई सय ८५ जनामा र तीन हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अब नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख ६६ हजार पाँच सय ८७ पुगेकाे छ । अहिले नेपालमा एक लाख चार हजार सात सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये काठमाडौ उपत्यकाका एक हजार पाँच सय ५८ जना रहेका छन् । गएको २४ घण्टामा काठमाण्डाैमा एक हजार ६० जना, भक्तपुरमा दुई सय १५ जना र ललितपुरमा दुई सय ८३ गरी एक हजार पाँच सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे ।

यस्तै काेराेना सङ्क्रमणका कारण २४ घण्टामा ६८ जनाको ज्यान गएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या सात हजार चार सय ५४ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे