चिनबाट आठ लाख डोज खोप नेपाल आईपुग्यो



चिनबाट आठ लाख डोज खोप नेपाल आईपुग्यो

काठमाण्डौ १८ जेठ । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसो काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पौने २ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो ।मंगलवार बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे