दाङमा जेठ २५ गते सम्म लकडाउन थपियाे, किनमेल र ढुवानीमा केही खुकुलो



दाङमा जेठ २५ गते सम्म लकडाउन थपियाे, किनमेल र ढुवानीमा केही खुकुलो

दाङ १४ जेठ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गएको बैशाख १७ गते देखी जारी लकडाउन दाङमा जेठ २५ गते सम्म लम्ब्याईएको छ । दोस्रो पटक थप गरिएको लकडाउनको समय भोली सकिदै थियो ।

कोरोना संकट व्यवस्थापन समितिको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले थप १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमण र मृत्युको दर घट्दै गएको तर स्वास्थ्य सुरक्षा र लकडाउनको पालना अझै पूर्णरुपले गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले सातामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब देखी दैनिक बिहान ६ देखी ८ बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ । तर भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षामा भने पसल धनी र उपभोक्ताले बिषेश ध्यान दिनु पर्ने भनिएको छ ।

त्यसैगरी  बैंकहरुलाई यस अघिकै निर्णय र बार अनुसार खोल्ने तर समय भने थप गरि १० देखी २ बजे सम्म खोल्न दिने निर्णय भएको छ । निर्माण सामाग्री बिक्रिका लागि बेलुका ६ बजे देखी राती ९ बजेसम्म, निर्माण सामाग्री ढुंगा, गिट्टी र बालुवा ढुवानी भने विहान ६ देखी साँझ ६ बजे सम्मको समय निर्धारण गरिएको बैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिएका छन् ।

त्यसैगरी, सिमेन्ट उद्योगको चुन ढुंगा ढुवानीका लागि घोराही सिमेन्ट उद्योगले बेलुका ५ देखी राती १२ बजे सम्म र सोनापुर सिमेन्ट उद्योगले विहान ९ देखी बेलुका ७ बजे सम्म समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे