कोरोना अस्पताल सिसहनियाँलाई झण्डै डेढ लाखको स्वास्थ्य उपकरण सहित सामाग्री प्रदान



कोरोना अस्पताल सिसहनियाँलाई झण्डै डेढ लाखको स्वास्थ्य उपकरण सहित सामाग्री प्रदान

सिसहनियाँ १३ जेठ । देउखुरीको राप्ती गाउँपालिका—५ सिसहनियाँमा रहेको कोरोना बिशेष अस्थाई अस्पताललाई झण्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरु उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै सिसहनियाँ उद्योग बाणिज्य संघले १ लाख ३८ हजार बराबरको उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री कोरोना बिशेष अस्थाई अस्पताल सिसहनियाँलाई प्रदान गरेको हो ।

उद्योग बाणिज्य संघको हालै बसेको बैठकले आफ्नो क्षेत्रमा कुनै पनि कोरोना संक्रमित बिरामीहरु उपचार तथा औषधी नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री कोरोना बिशेष अस्थाई अस्पताल सिसहनियाँलाई प्रदान गरेको संघका महासचिव इश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् । संघको कार्यसमितीका पद्धाधिकारी, सल्लाहकार, उद्योगी र व्यापारीहरुबाट संकलित सहयोग रकमबाट उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री खरिद गरी अस्पताललाई हस्तान्तरण गरिएको महासचिव अधिकारीले बताए ।

उद्योग बाणिज्य संघले अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन मास्क, फ्लोमिटर, पल्स अक्सिमिटर र भेपराइजर मेशिन गरी कुल १ लाख ३८ हजार बराबरको उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री कोरोना बिशेष अस्थाई अस्पताल सिसहनियाँलाई प्रदान गरिएको संघका अध्यक्ष शान्तराज भण्डारीले जानकारी दिएका छन् ।

उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री अस्पतालका इन्चार्ज डा.रेगनसिंह थापालाई संघका अध्यक्ष शान्तराज भण्डारीले हस्तान्तरण गरेका थिए । सामाग्री ग्रहण गर्दै अस्पतालका इन्चार्ज डा.रेगनसिंह थापाले उद्योग बाणिज्य संघको उदाहरणीय कार्यको प्रशंसा गदै धन्यबाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोबद्धन रावत, संघका सल्लाहकार तथा स्वास्थ्यकर्मी प्रकाश बिष्ट, संघका पूर्व अध्यक्ष पूणर्बहादुर बिसी, उपाध्यक्ष युवराजसेन ठकुरी, सचिव मदन पोख्रेल, संघका सदस्यहरु सनिप ज्ञवाली, रमेश गौतम, भरत पाण्डे, पत्रकार सन्तोषकुमार गुप्ता, व्यापारीहरु माधव रावत, भुवन रावत, निमबहादुर रावत र संघका कार्यालय सचिव युवराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे