राप्ती गाउँपालिकाको बराखुट्टीमा १० विगाह क्षेत्रफलमा चैते धान खेती सुरु



राप्ती गाउँपालिकाको बराखुट्टीमा १० विगाह क्षेत्रफलमा चैते धान खेती सुरु

भालुवाङ १२ जेठ । बर्षमा दुई पटक गरिने धान खेती दाङमा सफल बन्दै गएको छ । देउखुरीको राप्ती गाउँपालिका २ बराखुट्टीका किसानहरु चैते धान खेती तर्फ आकर्षित हुँदै जान थालेका छन् । प्रशस्त पानी हुने ठाउँमा चैते धानको सफल उत्पादन भएपछि जिल्लाका विभिन्न स्थानमा यो धान खेती गर्ने किसानहरु थपिदै जान थालेका छन् ।राप्ती गाउँपालिका २ कठाहाका श्यामेश चौधरीले संचालन गरेको चौधरी राइस मिलबाट धान प्रवर्धन कार्यक्रम अन्तरगत बराखुट्टीमा ३ वटा समुहका १३ जना किसानले १० विगाह क्षेत्रफलमा चैते ५ नाम गरेको धान खेती सुरु गरेका छन् । राप्ती गाउँपालिका र चौधरी राइस मिलको २०÷२० हजार लगानीमा धान खेती सुरु गरिएको मिलका संचालक तथा कृषक श्यामेश चौधरीले बताए ।पुरानो तरिकाबाट धान खेती गर्दा उत्पाद कम हुने, किसानको आर्थिक वृद्धीदर नबढने र उद्योगहरु प्नि नफस्टाउने भएकाले वर्षमा दुई पटक आधुनिक तरिकाले धान खेती गर्नुपर्छ भन्ने सोचाईका साथ धान खेती सुरु गरिएको चौधरीले बताए । अहिले किसान परियोजना २ मार्फत ५ जना जेटिय राखेर खेती सुरु गरिएको चौधरीले बताए ।

पहिलो पटक समुहमा बसेर चैते धान खेती गर्दा किसानहरु मख्ख परेका छन् । राप्ती गाउँपालिका २ बराखुट्टीका कृषक नवराज आचार्यले पहिलो पटक चैते धान खेती सुरु गरेको बताए । चैते धान चैत्र महिनामा रापेर पछि जेठको अन्तिम सातामा उत्पादन हुने गर्दछ । मौसमी धान भन्दा चैते धान बढी उतपादन हुने किसानहरु बताउँछन् ।

राप्ती गाउँपालिकामा भने १० विगाह क्षेत्रफलमा यस वर्ष धान खेती सुरु गरिएको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारीले बताए ।
वर्षे धान भन्दा चैते धान बढी उत्पादन हुने देखे पछि पछिल्लो समय दाङका किसानहरु यस तर्फ बढी चासो राख्न थालेका छन । त्यस कारण सरकारले यसमा थप लगानी लगाउने हो भने साँच्चिकै नेपाल धानमा आत्म निर्भर हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे