राष्ट्रियसभाको उपनिर्वाचनमा : तोकियो तीन मतदान केन्द्र, कोरोना संक्रमितले पनि मतदान गर्न पाउने



राष्ट्रियसभाको उपनिर्वाचनमा : तोकियो तीन मतदान केन्द्र, कोरोना संक्रमितले पनि मतदान गर्न पाउने

दाङ ११ जेठ । लुम्बिनी प्रदेश अन्तरगत यही जेठ १७ गते हुन लागेको राष्ट्रियसभाको उप-निर्वाचनका लागि ३ वटा मतदान केन्द्र तोकिएको छ। दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिका अध्यक्ष उपाध्यक्ष र कोभिड संक्रमित मतदाता गरी ३ वटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

मतदानको लागि सयम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। लुम्बिनी प्रदेशमा जम्मा मतदाताको संख्या २९६ रहेको छ । जसमा गाउँपालिका र नागरपालिकाका प्रमुख, उपप्रमुखको संख्या २१७ रहेको छ भने प्रदेशसभा सदस्यको संख्या ७९ रहेको छ । राष्ट्रियसभा सदस्याका लागि नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट द्रीघनारायण पाण्डे उम्मेद्वार बनेका छन्। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र-बाबुराम पक्ष र जनमोर्चाले सघाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे