पत्रकार महासंघ दाङले जिल्लामा रहेका सञ्चारमाध्यमहरुको अवस्थाका बारेमा अध्ययन गर्ने



पत्रकार महासंघ दाङले जिल्लामा रहेका सञ्चारमाध्यमहरुको अवस्थाका बारेमा अध्ययन गर्ने

दाङ ११ जेठ । नेपाल पत्रकार महासंघ दाङले जिल्लामा रहेका सञ्चारमाध्यमहरुको अवस्थाका बारेमा अध्ययन गर्ने भएको छ। नेपाल पत्रकार महासंघ दाङको आज बसेको नियमी बैठकले यस्तो निर्णय गरेको हो ।

जसका लागि पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ। उक्त समितिको सदस्यहरुमा महासंघका सहसचिव दशरथ घिमीरे र कोषाध्यक्ष शरद रेग्मी रहेका छन्। पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा बसेको कोरोना महामारीको यो बीचमा गरेको कामको समिक्षा समेत गरेको छ।

पत्रकारहरुका लागि पत्रकार महासंघको भवनमा आईशोलेसन स्थापना, संक्रमीत पत्रकारहरुसँग भेटघाटसँगै स्वास्थ्य सामाग्री र पौष्ट्रिक आहार प्रदान, पत्रकार राहत सहायता कोष स्थापना, संक्रमीत पत्रकारहरुको उपचारमा सहजिकरण लगायत कार्यहरुको समीक्षा गरिएको सविच आरके शितलले जानकरी दिए। साथै हालसम्मका कार्यहरु प्रभावकारी भएको र आगामी दिनमा पनि यी कार्यहरुलाई निरन्तरता दिदै अगाडी बढ्ने निर्णय गरिएको उनको भनाई छ ।

यस्तै बैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्यहरु विपुल पोख्रेल नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष, उदय जि।एम केन्द्रिय उपाध्यक्षमा निर्वाचित र शरद अधिकारी प्रेस काउन्सील नेपालको सदस्यमा मनोनित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। दाङ शाखा सदस्य बबई गाँउपालिका ४ हापुरेका पत्रकार लक्ष्मण बस्नेतको यही जेठ ३ गते र उहाँको वुवा टोपबहादुर बस्नेतको जेठ २ गते कोरोना भाईरस संक्रमणका कारण असामयिक निधन भएकाले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको सचिव शितलले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे