माओवादी केन्द्र राप्तीले सवै वडा तथा टोलमा कोरोना विशेष सचेतना माइकिङ गर्दै



माओवादी केन्द्र राप्तीले सवै वडा तथा टोलमा कोरोना विशेष सचेतना माइकिङ गर्दै

देउखुरी १० जेठ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीको कोभिड बिशेष कार्यक्रम सञ्चालन गरेको छ ।

जस अन्तरगत सोमबार गाउँ,टोल र गल्ली गल्लीमा माईकिङ गरी सचेतना फैलाउने काम सुरू गरेको हो । पहिलो दिन वाइसियल नेपाल राप्ती गाउँपालिकालाई जिम्मा दिए अनुसार राप्ती गाउँपालिकाको वडा नम्बर १ को शान्तिपुर देखि वडा नम्बर २ र ३ का बिभिन्न गाउँ टोल र गल्लीमा पुगेको छ ।

उसले नियमित सावुनपानीले हात धुने, मास्क, सेनिटाइजर, ग्लोब्सको प्रयोग गर्ने, भाैतिक दुरी कायम गर्ने र कोरोनाको लक्षण देखिएमा तुरून्त स्वास्थ्य संस्थामा चेकअप गराउने जस्ता संदेश दिएको छ ।

कार्यक्रम पालिकाका सवै वडा तथा टोलमा संदेश प्रवाह गर्ने उदेश्य रहेको पार्टीका प्रवक्ता तुला गिरीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे