संसद विघटनप्रति दाङका पाँच राजनीतिक दलद्वारा भ्रत्सर्ना (विज्ञप्ति सहित)



संसद विघटनप्रति दाङका पाँच राजनीतिक दलद्वारा भ्रत्सर्ना (विज्ञप्ति सहित)

दाङ १० जेठ । संसद बिघटनप्रति दाङका पाँच राजनीतिक दलले भ्रत्सना गरेका छन् । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, माओवादी केन्द्र दाङका सचिब सुवास पुन, जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, जनता समाजवादी पार्टी दाङका सहसचिब गणेश पाण्डेले आईतबार संयुक्त विज्ञप्ति जारी गरि संसद बिघटन गर्नु असंवैधानिक, अलोकतान्त्रिक कदम भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद विघटन गरेकी हुन् । जनता कोरोनासंग जुधिरहेको अबस्थामा घोषणा गरेको चुनाबको कुनै औचित्य नभएको भन्दै यसका विरुद्ध लाग्न सबैलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे