इटलीमा केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको ज्यान गयो



इटलीमा केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको ज्यान गयो

काठमाण्डाै १० जेठ । इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन्।

स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेका बेला केबलकार दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।  ज्यान गुमाउने १४ जनामध्ये पाँच जना इजरायलका नागरिक भएका त्यहाँको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे