व्यवसायीक रुपमा बेसार खेती गर्दै कृषक केशव भण्डारी



व्यवसायीक रुपमा बेसार खेती गर्दै कृषक केशव भण्डारी

भालुवाङ ८ जेठ । लुम्बनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ कटेशनालाका केशव भण्डारी व्यवसायीक रुपमा बेसार खेती सुरु गर्नु भएको छ । अन्य खेती भन्दा बेसार खेती कमै मात्रमा हुने र निर्वाहमुखी खेती भन्दा व्यवसायीक खेती गर्ने किसान कमै मात्रमा भेटिने गरेका छन् ।
व्यवसायीक बेसार खेतीका लागि जग्गा नै लिजमा लिएर खेती सुरु गरेको भण्डारी कृषि फर्मका सन्चालक केशव भण्डारीले बताएका छन् ।२० विगाहा क्षेत्रफलमा खेती गर्ने योजना भए पनि हाल राप्ती गाउँपालिका २ लालमटियामा ६ विघा जमिन लिजमा लिएर बेसार खेती सुरु गरेका भण्डारीले भण्डारी कृषि फर्म दर्ता गरेर खेती सुरु गरेका छन् । भण्डारीले यहि व्यवसायीबाट आफ्नो जीविका चलाउने सोच पनि बनाएका छन् । २ वर्ष अगाडी बेसार खेतीको अध्ययन सुरु गरेका भण्डारीले यिही खेतीबाटै स्वदेशमा नै केहि गरेर देखाउने बताए ।लामो समय भारतका विभिन्न ठाउँमा काम गरेर जिवन बिताएका भण्डारीले स्वदेशमा भने बेसार खेती सुरु गरेको बताए । बेसार खेतीका लागि आफुले स्थानीय सरकारबाट केहि सहयोग पाउने आशा राखे पनि कुनै पनि किसिमको सहयोग नपाएको गुनासो गरे । १ क्वीइन्टल बेसारको बीउबाट करिव ५ क्वीइन्टल बेसार उत्पादन हुने र काँचो बेसारको सरकारी रेट किलोको १ सय २० रुपैयाँ पर्ने भण्डारीले बताए । केशव भण्डारी मात्रै हैन उनले जस्तै सबै किसानको सोच र स्थानिय सरकार लगायत सम्बन्धित निकायले कृषि पेशालाई प्राथमिकतामा राखेर काम गरे नेपाल कृषि प्रदान देश भन्ने नाराले सार्थकता पाउने थियो ?

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे