१ सय ५३ सांसदकाे हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीकाे दाबी



१ सय ५३ सांसदकाे हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीकाे दाबी

काठमाण्डाै ७ जेठ । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नाे दाबी पेस गरेका छन् । ओलीले नेकपा (एमाले) का एक सय २१ र जसपाका ३२ गरी एक सय ५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी गर्नुभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महताे र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिइकी थिइन्र ।

नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।  नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे