माओवादी केन्द्रद्धारा राप्ती गाउँपालिकामा निशुल्क पिसिआर र एन्टीजेन्ट परिक्षणको माग (ध्यानाकर्षण—पत्र सहित)



माओवादी केन्द्रद्धारा राप्ती गाउँपालिकामा निशुल्क पिसिआर र एन्टीजेन्ट परिक्षणको माग (ध्यानाकर्षण—पत्र सहित)

भालुवाङ ५ जेठ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्दले राप्ती गाउँपालिकामा निशुल्क पिसिआर र एन्टीजेन्ट परिक्षणको माग गरेको छ ।
कोभिड १९ को दोस्रो लहर नयाँ भेरिएन्ट नेपालमा भित्रियकाले राप्ती गाउँपालिकाका आम नागरिकको जिवन रक्षाको लागि माओवादी केन्द्र आफनो गम्भिर ध्यान आकर्षण भएको जनाउँदै ८ बुँदे माग राखि मंगलबार गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीको हस्ताक्षरित सो ध्यानाकर्षण पत्र अध्यक्ष अधिकारीले गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई बुझाउनु भएको छ । ध्यानाकर्षण पत्रमा माओवादी केन्द्रले गाउँपालिका क्षेत्र भित्रमा रहेका कोरोना संक्रमितहरुलाई अनिवार्य आइसोलेसन र अक्सिजनको व्यवस्थापन गर्नुपर्ने, बिरामीहरुलाई अनिवार्य अक्सिजन सहितको एम्बुलेन्सको व्यवस्थापन गर्नुपर्ने, कोभिड प्रभावित भई मृत्युवरण गरेका अति विपन्न परिवारलाई उचित राहत वितरणको व्यवस्थापन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै माओवादी केन्द्रले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशन अनुसार पार्टी कार्यालयहरुलाई आइसोलेसनको रुपमा परिणत गर्ने सर्कुलरको पालना गर्दै कोभिड विषेश आइसोलेसन बनाउन आवश्यक परेको अवस्थामा पार्टीको कार्यालय उपलब्ध गराउने, कोभिड १९ दोस्रो लहर नियन्त्रणको लागी परिचालित हुन गाउँपालिका संग समन्वय गरि आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको बताएको छ ।

त्यस्तै संकटको मौका छोपेर मौलाई रहेको कालो बजारीलाई नियन्त्रण तथा नियमन गर्न तुरुन्त टोली खटाई व्यवस्थापन गर्नुपर्ने, विपतको घडीमा नदीजन्य पदार्थको उत्खन्नमा राज्यले तोकेको मापदण्ड विपरित भइरहेको भन्ने विभिन्न संचार माध्यमबाट आइरहेकाले यसमा स्थानिय सरकारको गम्भिर ध्यान जान जरुरी रहेको बताएको छ ।

ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा पार्टीका नेता तथा राप्ती गाउँपालिका — ३ नम्बर वडाध्यक्ष चन्द्रर चाैधरी, २ नम्बर वडा सदस्य बसन्त नेपाली, पार्टीका राप्ती गाउँपालिका प्रबक्ता तुला गिरी, पार्टीका नेताहरु जगत खनाल र झग्गु अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यस्तो छ, ध्यानकर्षण—पत्र

उपरोक्त विषयको सम्बन्धमा यस कोभिड –१९ दोस्रो लहरको नँया भेरिएन्टकोयो महामारीको अवस्थामा राप्ती गाउँ पालिकामा पनि ग्रसित पारीरहेको कुरा सम्पुर्णमा जानकारी छ । यो अवस्थामा आम नागरिकको जिवन रक्षाको लागी हाम्रो पार्टी नेपाल कम्यूनिस्ट पार्टी (माओवादी केन्द्र) कोपनि गम्भिर ध्यान आकर्षण भएको छ । त्यसैले स्थानिय सरकार राप्ती गाउँ पालिकालाई ध्यान आकर्षण गराउदै निम्न लिखित माग पत्र पेश गर्न चाहान्छौ ।

१‍‌. राप्ती गाउँ पालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य केन्द्रहरुमा समय सिमा निर्धारण गरेर निःशुल्क पि.सि.आर . र एन्टीजेन्ट परिक्षणको लागी एक घर एक ऐन्टीजेन्टको अभियान शुरु गरि व्यवस्थापन गर्नुपर्ने ।
२. राप्ती गाउँ पालिकाको क्षेत्र भित्रमा रहेका कोरोना सक्रमितहरुलाइ अनिवार्य आइसोलेसन र अक्सिजनको व्यवस्थापन गर्नुपर्ने ।
३. अहिलेको यो माहामारीको अवस्थामा बिरामीहरुलाई अनिवार्य अक्सिजन सहितको एम्बुलेन्सको व्यवस्थापन गर्नुपर्ने ।
४. कोभिड प्रभावित भई मृत्युवरण गरेका अति विपन्न परिवारलाई उचित राहत वितरणकोव्यवस्थापन गर्नुपर्ने । छ। नेपाल कम्यूनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचन्ड) ले निर्देशन दिए अनुसार पार्टी कार्यालयहरुलाई आइसोलेसनको रुपमा परिणत गर्ने सर्कुलरलाई आजैको मिति देखि कार्यन्वयन गर्न कोभिड विषेश आइसोलेसन बनाउन आवश्यक परेको अवश्थामा पार्टीको कार्यालय उपलब्ध गराउने निर्णय
गरेकोजानकारी गराउन चाहान्छौ ।
५. नेपाल कम्यूनिस्ट पार्टी (माओवादी केन्द्र) कोभिड–१९ दोस्रो लहर नियन्त्रणको लागी परिचालन हुन राप्ती गाउँपालिकासंग समन्वय गरि आवश्यक परेकोखण्डमा सहयोग गर्न तयार रहेकोजानकारी गराउदछौँ ।
६. यस संकटको मौका छोपेर मौलाई रहेका कालो बजारीलाई नियन्त्रण गर्न र नियमन गर्न तुरुन्त टोली खटाई व्यवस्थापन गर्नुपर्ने ।
७. यस विपतको घडिमा नदीजन्य पदार्थको उत्खन्नमा राज्यले तोकेको मापदण्ड विपरित भैरहेको भन्ने विभिन्न संचार माध्यमबाट आइ रहेकाले यसमा स्थानिय सरकारको गम्बिर ध्यान जायोस भनि यसै पत्र मार्फत जानकारी गराउन चाहान्छौँ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे