पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना कोरोना संक्रमणबाट मृत्यु, थप ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना कोरोना संक्रमणबाट मृत्यु, थप ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि

काठमाण्डाै ५ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट दुई सय ४६ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  आज पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार चार सय ८६ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

गएको २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे