नवप्रतिभा आधारभुत विद्यालयका प्रअ कुमालको कोरोना संक्रमणबाट निधन



नवप्रतिभा आधारभुत विद्यालयका प्रअ कुमालको कोरोना संक्रमणबाट निधन

भालुवाङ ३ जेठ । दाङका एक जना प्रध्यानाध्यापकको कोरोना संक्रमणबाट निधन भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा रहेको नवप्रतिभा आधारभुत विद्यालयका ५५ वर्षिय प्रअ राप्ती गाउँपालिका १ निवासी मानबहादुर कुमालको उपचारका क्रममा आइतवार राती ११ बजे पाल्पामा निधन भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

प्रअ कुमालको वैशाख २० गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो १४ दिन पछि उनको निधन भएको स्वास्थ्य शाखा संयोजक राउतले जानकारी दिएका छन् । यस सँगै राप्ती गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे