रेडियो हापुरेमा कार्यरत पत्रकार बस्नेतको निधन
दाङ ३ जेठ । दाङका पत्रकार लक्षमण बस्नेतको निधन भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ हापुरे निवासी बस्नेतको कोरोना संक्रमणमुक्त भएको ६ दिनपछि निधन भएको हो । कोरोना संक्रमित बस्नेतको ६ दिन अघि रिर्पोट नेगेटीभ आएको थियो ।
बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा निधन भएको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए ।
रेडियो हापुरेमा कार्यरत पत्रकार बस्नेत करिब २९ दिनदेखि उपचारारत रहनुभएको थियो । बबई गाउँपालिका वडा नम्बर ४ निवासी बस्नेतका बुवा टोपबहादुर बस्नेतको पनि आइतबार निधन भएको थियो । उनलाई पनि चार दिनअघि कोरोना रिर्पोट नेगेटिभ आएको थियो ।
प्रतिक्रिया दिनुहोस्