सांसद गंगा थारुद्धारा राप्तीका स्वास्थ्य संस्था र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान



सांसद गंगा थारुद्धारा राप्तीका स्वास्थ्य संस्था र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

देउखुरी ३ जेठ । प्रतितिधि सभा सदस्य गंगा थारुले राप्ती गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्था तथा प्रहरी कार्यालयमा सोमवार स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत स्वास्थ्य विभागबाट प्राप्त स्वास्थ्य सामाग्री सिसहनियाँ स्वास्थ्य चौकीमा रहेको कोरोना विषेश अस्थायी अस्पताललाई १ थान अक्सिजन सिलिन्डर सहित सर्जिकल मास्क, पञ्जा, सेनिटाइजर, गम्बुट, फेससिल्ड, अक्सिमिटर, पिपिई प्रदान गरेकी छिन् ।

यस्तै लालमटिया स्वास्थ्य चौकी भालुवाङ, इलाका प्रहरी कार्यालय भालुवाङ र ससत्र प्रहरीलाई पनि सर्जिकल मास्क, पञ्जा, सेनिटाइजर, गम्बुट, पिपिई लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, १ नम्बर वडा अध्यक्ष ताराबहादुर डिसी, ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, स्वास्थ्य शाखा संयोजक नारायण राउत, शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत बासुदेव खनाल, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख तथा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, सुरक्षाकर्मी, समाजसेवी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे