व्यवसायी बुढाथोकीद्वारा लमही अस्पताललाई ५३ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग



व्यवसायी बुढाथोकीद्वारा लमही अस्पताललाई ५३ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग

देउखुरी २ जेठ । नेपाली कांग्रेस तरूण दलका नगर सभापति तथा सफल युवा व्यवसायी सन्तोष बुढाथोकीले ५३ हजार बराबरको स्वास्थ्य सामाग्री लमही अस्पताललाई हस्तान्तरण गरेका छन् ।

आइतवार व्यवसायी बुढाथोकीले २५ सेट पिपिइ, फेस शिल्ड १० पिस र गाेल्वस १० पिस गरि ५३ हजार बराबरको स्वास्थ्य सामाग्री लमही अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

लमही अस्पतालका मेडिकल अधिकृत सत्यप्रसाद वैद्य, एमडी. जिपि, सुमित प्रजापति, अस्पतालका ल्याब टेक्निसियन शंकरप्रसाद भण्डारी, ल्याब टेक्निसयन हिमाल आचार्य, शृजन पाैडेल, लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुबास न्याैपाने, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पाैडेलकाे उपस्थितिमा बुढाथोकीले स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे