पत्रकार महासंघलाई डिसीद्वारा दश हजार सहयोग



पत्रकार महासंघलाई डिसीद्वारा दश हजार सहयोग

घोराही ३१ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाले सञ्चारकर्मी र अफ्ठेरोमा परेकाहरुका लागि सञ्चालन गरेको आइसोलेसन सेन्टरका लागि युवा समाजसेबी मुकेश डिसीले दश हजार सहयोग गरेका छन् । घोराही निवासी डिसीले नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रियासनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । डिसीले यस अघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे