तुलसीपुर नगर जेसिजका अध्यक्ष भट्टराई नेपाल जेसिजबाट पुरस्कृत



तुलसीपुर नगर जेसिजका अध्यक्ष भट्टराई नेपाल जेसिजबाट पुरस्कृत

तुलसीपुर ३१ वैशाख । नेपाल जेसिजले तुलसीपुरनगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई(नारायण) लाई पुरस्कृत गरेको छ । नेपाल जेसिजको आयोजनामा यहि बैशाख २४ गतेदेखि ३० गतेसम्म आयोजना गरेको ७ दिने कार्यक्रम‘स्प्लिेन्डिड ७’ (७ दिन, ७ विषय, ७ बक्ता र ७ बजे ) मा नेपाल जेसिजको एरिका ‘डि’ अन्तर्गत जेसिज अभियानका उत्कृष्ट कार्य सहित सक्रिय सहभागीता भएको भन्दै पुरस्कृत गरेको हो ।

विहीबार जेसिआइका महासचिव जेसिआइ सिनेटर केभिन हिनको प्रमुख आथित्यमा भएको समापन कार्यक्रम नेपाल जेसिजका रास्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अरुणेस्वर खनालले उनलाई पुरस्कृत गरेका हुन् । सोही अवसरमा एरिया ‘ए’को तर्फबाट दमक जेसिजका शाखा अध्यक्ष सुयोग खरेल, एरिया ‘वि’ को तर्फबाट नारायणघाट जेसिजका शाखा अध्यक्ष बासुदेब दवाडी, एरिया ‘सी’ को तर्फबाट बेथानचोक जेसिजका शाखा अध्यक्ष हरि कृष्ण दाहाललाई पनि पुरस्कृत गरिएको हो ।

नेपाल जेसिजले यहि बैशाख २४ गतेदेखि ३० गतेसम्म जेसिज अभियानकर्ताहरुको क्षमता अभिवृद्धि गर्न, कोभिडको समयमा मनोबल उच्च बनाउन, क्षमतावान तथा क्रियाशिल बनाउन ७ दिन विभिन्न बिधाका बिज्ञहरुको उपस्थितिमा बृहत कार्यक्रम आयोजना गरेको थियो ।

नेपाल जेसिज तथा त्यस मातहतका शाखाहरुले युवाहरुलाइ विभिन्न तालिम , गोष्ठी लगायतका कार्यक्रम आयोजना गरि युवाहरुको नेतृत्व, ब्यक्तित्व बिकासको साथै सामाजिक उत्तरदायित्व बहन गर्ने सक्षम युवा निर्माणमा लागि लागिपरेको छ । यसै क्रममा तुलसीपुर नगर जेसिजले कोरोना महामारीको समयमा विभिन्न सामाजिक कामहरुमा सक्रियता जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे