राेल्पाकाे त्रिबेणी गाउँपालिकाका अग्नीपिडितलाई २५ लाख बढीकाे राहत प्रदान



राेल्पाकाे त्रिबेणी गाउँपालिकाका अग्नीपिडितलाई २५ लाख बढीकाे राहत प्रदान

राेल्पा ३१ बैशाख । राेल्पाकाे त्रिबेणी गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपिडितहरुलाई बिहिबार एक कार्यक्रममा बीच २५ लाख ४० हजार ४ सय ४८ बराबरको राहत रकम प्रदान गरिएकाे छ। नुवागाउमा अग्निपिडितहरुलाई सामग्री सहितकाे सुरक्षित बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा र लत्ताकपडाहरु भाडाकुडा, लगाउने कपडाहरु, बिद्यार्थीहरुलाई कापि कलम सहितकाे झाेला र नगद प्रदान गरिएकाे थियाे।

राेटेरी क्लब अफ महाबाैद्व पाटन, राेटेरी ईन्टरनेशनल ३२९२ नेपाल-भुटान, राेटेरी क्लब अफ दरबारमार्ग काठमाडौ, राेटेरी क्लब अफ काठमाडौ मेट्राे, राेटेरी क्लब अफ ब्रान्चबर्ग अमेरिका र राेटरी क्लब अफ महाबाैद्वकाे संयुक्त आयाेजना माईक्रो क्रेडिट प्राेग्राम, राेटेरी क्लब अफ विक्वर्ड ईङ्ल्याण्ड, लुथरन वरल्ड रिलिफ, राप्ती समाज युके, गाेरखा ग्रुप प्रालि र त्यसका ७ वटा शाखाहरु, गाेर्खा पब्लिक हस्पिटल प्रालि कन्क्वेरिङ ड्रिम्स, मगर समाज सेवा केन्द्र नेपाल र प्रेनिश पुवा अल्लाे धागाे तथा तयारी पाेशाक उद्योग घाेराहीले नगद तथा जिन्सि सामानहरु राहत स्वरुप प्रदान गरेकाे अग्निपिडित सहयाेग समिति राेल्पा-काठमाडौकी सह-संयाेजक ईश्वरी जिएमले जानकारी दिए।

जिएमका अनुसार ३६ घरधुरि पिडितलाई राप्ती समाज युकेले पठाएको प्रतिघर १५ हजार नगद र जिन्सि गरि प्रतिघर ७० हजार ५ सय ६८ रुपैयाँ बराबरको राहत दिईएकाे छ। दाङकाे गाेर्खा पब्लिक हस्पिटलले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेर पिडितलाई स्वास्थ्य सेवा पनि दिईएकाे छ। गाेर्खा ग्रुप र रिडि ग्रुपका अध्यक्ष तथा अग्निपिडित सहयाेग समिति राेल्पा काठमाडौका संयाेजक मान बहादुर बुढामगर, सहयाेग समितिका सह संयाेजक तथा राप्ती समाज युकेका सह- काेषाध्यक्ष, समाजसेबि हरि बुढामगरकाे विशेष पहलकदमिमा विभिन्न संघ संस्थाले सहयाेग गरेका हुन्।

आगलागिपछि अर्काकाे घरमा आश्रय लिएर बसेका अग्निपिडितहरु बस्ने टेन्ट सहित आबश्यक सबै सामग्रीहरु पाएपछि निकै खुशी भएका छन्। अग्निपिडित पार्बति सेन ठकुरीले आफूले समाजसेबि पार्बति बुढामगरबाट बाख्रा किन्नकाे लागि थप १० हजार सहयाेग पनि पाएकाे भन्दै खुशि ब्यक्त गरे। त्रिबेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओली, उपाध्यक्ष साबित्रा बुढा र २ नं. वडा अध्यक्ष कबिराज बुढामगरले आगलागीपछि ठुलाे परिमाणमा अत्यावश्यक सबै राहत सामग्रीहरु दिईएकाे भन्दै सहयाेगी संस्थाहरूलाई धन्यवाद दिए। समाजसेबी मानबहादुर बुढा र हरि बुढामगरले अग्निपिडितहरुलाई थप सहयाेगकाे आबश्यक परे पुनः पहलकदमि लिने प्रतिबद्धता समेत जनाएकाे रोल्पाबाट पत्रकार तिलक संघर्ष मगरले यो समाचार देउखुरी टुडेलाई पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे