शिक्षण र पत्रकारिता पेशा छोडेर कृषि पेशामा रमाउँदै अमर क्षितिज भण्डारी



शिक्षण र पत्रकारिता पेशा छोडेर कृषि पेशामा रमाउँदै अमर क्षितिज भण्डारी

दाङ ३१ वैशाख । नेपालमा पछिल्लो समय रोजगारी पाउन मुस्किल हुँदा युवाहरु बैदेशिक राजगारमा जाने क्रम बढ्दो छ भने स्वदेशमै रहेकाले पनि कृषि बाहेक अन्य ब्यबसाय गर्ने गरेका छन् तर केही यस्ता युवाहरु पनि छन् । जसले १२ बर्षे देखिको शिक्षण पेशा छोडेर स्वदेशमै बसेर कृषिमा क्रान्ति गर्नको लागि लाखौ रुपैयाँ लगानी गरेर कृषि पेशा गरेको हामिले भेटाएका छौ ।घोराही उपमहानगरपालिका वडा नम्बर ९ अस्वारा निवासी ३८ बर्षिय युवा अमर क्षितिज भण्डारी बिगत १२ बर्ष देखि लागेको शिक्षण पेशा र पत्रकारिता पेशा छोडेर अहिले ब्यबसायिक कृषि पेशामा लागेर अहिले खेत बारीमै औला खियाउँदै छन् । कर्मभुमी तरकारी तथा पशुपक्षी कृषि फार्म नामक फर्म दर्ता गरेर कृषि पेशा संचालनमा ल्याएका छन् ।देशको अबस्था संगै कोरोना कहरका कारण देशमा लकडाउन भएपछि उनले अहिले तरकारी खेति सुरु गरेका छन् । आफु तरकारी खेतिमा लाग्दा र आफुले गरेको खेतीबाट सफलता मिल्दा निकै सन्तुष्ट मिलेको बताए । १२ कठ्ठा आफ्नै जग्गा र १२ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् ।
खेती सुरु गरेको करिव २ महिनाको अन्तरालमा अहिले धेरै तरकारीहरु बिक्रीका लागि तयार भएका छन् । काक्रा, भिन्डी, बोडी, सिमी, करेला, लौका, फर्सी, भान्टा, मकै लगायतका खेती रहेकोमा अहिले काक्रा, लौका र करेला बिक्रीका लागि तयार छन् । ती मध्ये काक्रा ७ क्वीइन्टल बिक्री समेत भइसकेको छ । सुरुवाती चरणमै राम्रो आम्दानी भएको छ ।५ लाख लगानीमा खेती सुरु गरेका भन्डारीले निकट भविष्यमा २५ लाख सम्म पु¥याउने सोचमा छन् । केही भौतिक संरचना बनाउन बाँकी छन् भने केही कृषि औजार खरिद गर्न पनि बाँकी छन् । तरकारी मात्रै नभएर पशुपालन पनि गर्ने उनको तयारी छ । अहिले उनीसंग अमेरीकन पेकिङ जातको हाँस पनि बिक्रीका लागि तयारी अबस्थामा छन् । नेपालको कृषि प्रदान देश भन्ने नारामा भने उनको चित्त दुखेको छ । कारण हो नेपालमा कृषि कुनै पनि मानिषको प्राथमिकतामा नपर्नु । जसले मुख्य पेशा नै कृषि बनाएर काम गरेको छ उसले कृषि अनुदान नपाउने, कृषिको अनुभवनै नभएका नेतृक्त्वहरु देशले पाउनु जस्ता कुराले उनलाई निकै पिरोलेको छ । सम्बन्धीत निकायले कृषिलाई अगाडि बढाउने हो भने देश उन्नति तर्फ जाने पनि उनको बुझाई छ ।बिशेष गरी कृषि पेशा अंगालेका कृषकहरुको लागि स्थानीय सरकारले बिशेष प्याकेज ल्याउने र बजारीकरणको नयाँ नीतिका साथ काम गर्नु पर्ने उनको माग छ । साथै किसानहरुलाई बिभिन्न राहत तथा प्रोत्साहन स्वरुप रकम उपलब्ध गराएमा पनि कृषि पेशालाई निरन्तरता दिन सकिने भण्डारीको अनुरोध छ ।
अमर क्षितिज भण्डारी मात्रै हैन उनी जस्तै सबै किसानको सोच र स्थानीय सरकार लगायत सम्बन्धीत निकायले कृषि पेशालाई प्राथमिकतामा राखेर काम गरेपछि मात्र नेपाल कृषि प्रदान देश भन्ने नाराले सार्थकता पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे