सभामुख र सांसदहरूको आजदेखि कोरोना परीक्षण गरिँदै



सभामुख र सांसदहरूको आजदेखि कोरोना परीक्षण गरिँदै

काठमाण्डाै २२ बैशाख । सभामुख र सांसदको कोरोना परीक्षण हुने भएको छ । आउँदो बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि बेलुका ५ बजेसम्म पीसीआर परीक्षण हुनेछ ।

आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकसहित अरुको पीसीआर परीक्षण भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे