रसुवामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द



रसुवामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

रसुवा २१ बैशाख । कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।

जिल्लामा कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको, कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना सङ्क्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले बताए ।

कार्यालयले आजदेखि नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण, सङ्घसंस्था र पत्रपत्रिका दर्ता तथा नवीकरण, राहदानी वितरण, राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण र अन्य अत्यावश्यक सेवाहरू स्थगित गरेको हो । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ३३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे