महामारीबाट सतर्क रहन गढवा उद्योग बाणिज्य संघ र प्रहरीको आग्रह



महामारीबाट सतर्क रहन गढवा उद्योग बाणिज्य संघ र प्रहरीको आग्रह

गढवा १९ बैशाख । कोभिड महामारीबाट उच्च सतर्कता अपनाउन गढवा उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय गढवाले सबैमा आग्रह गरेको छ । आइतवार गढवा बजारमा प्रहरी र संघको टोलीले बजार अनुगमन गरी कोभिड सतर्कता अपनाएर अति आवश्यकीय सामाग्री बिक्रि वितरण गर्न ब्यवसायीहरुलाई आग्रह गरेको हो ।

कोभिड महामारीको समयमा सरकारले बन्दाबन्दी आव्हान गरेको बेला स्वास्थ्य सुरक्षा अपनाएर मात्र बिहान ७ देखि ८ बजेसम्म अति आवश्यकीय सामानहरुको खरिद–बिक्री गर्ने भन्दै गढवा बजारका पसलहरुमा सामाजिक दुरी कायम गरेर खरिद–बिक्री गर्न गोलघेरा लगाएको छ । खाद्याान्न, किराना, फलफूल तरकारी, मेडीकल, एग्रोभेट र दुधडेरी लगायतका पसलहरुमा गोलो घेरा लगाई सामाजिक दुरीका लागि आग्रह गरिएको र मास्क तथा सेनीटाइजरको प्रयोग गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन प्रहरी र संघले सबैमा आग्रह गरेको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले बताए ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा त्यस्ता पसलहरु वा नागरिकहरुलाई सुझाव दिने र सुझाव पालना पनि नगरेको खण्डमा नियमानुसार कार्बाही समेत हुने बताइएको छ ।

सरकारले जारी गरेको निशेधाज्ञाको समयमा अति आवश्यक परेको बाहेक मोटरसाइकिल तथा अन्य सवारी साधन चलाउन नपाइने, जथाभावी हिड्डुल गर्न नपाइने र अति आवश्यक परेर कतै जानुपर्ने भएमा कामको प्रकृति बारे प्रहरीको संचारलाई जानकारी गराएर मात्र जानुपर्ने इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । बन्दाबन्दीको अटेरीगरी बेला सवारी साधन चलाएको पाइएमा नियमानुसार कार्बाही हुने पनि सुरक्षा निकाएले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे