राष्ट्रिय युवा संघ राेल्पाद्वारा त्रिबेणीका १ सय ७० अग्निपिडितलाई लत्ताकपडा प्रदान



राष्ट्रिय युवा संघ राेल्पाद्वारा त्रिबेणीका १ सय ७० अग्निपिडितलाई लत्ताकपडा प्रदान

राेल्पा १९ बैशाख । नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ राेल्पाले अाज त्रिबेणिका १ सय ७० अग्निपिडितहरुलाई लत्ताकपडा बितरण गरेकाे छ। यही बैशाख १३ गतेदेखि १६ गतेसम्म जंगलमा लागेकाे अागाे बस्तिमा फैलिएर त्रिबेणि गाउँपालिका २ काे चेत्रे, धानबाङ, कापडाँडा, पिराले, बर्तिबाङ, त्रिबेणि ६ र ३ नं. वडा साथै रुन्टिगढि गाउँपालिका ९ गुनाम गरी ३७ घर र ११ गाेठ पुर्ण रुपमा जलेर नष्ट भएका थिए।

युवा संघले त्रिबेणी २ भाङ्गाेबारिमा ३७ घरधुरिका सबै १ सय ७० जना परिवारलाई करिब सवा २ लाख बराबरकाे कपडा बितरण गरिएकाे राष्ट्रिय युवा संघ राेल्पाका अध्यक्ष प्रेम बिकले जानकारी दिए। हिजाे शनिबार पिडितहरुकाे स्थलगत अनुगमन गरेर पिडितहरुकाे माग बमाेजिम लगाउने कपडा बितरण गरिएकाे र १ सय जना स्वयंसेवक युवाहरु परिचालन गरि २ दिन सम्म र अाबश्यक परे दिन थप गरेर पिडितकाे घर निर्माण कार्यमा सहयाेग गर्ने निर्णय समेत गरेकाे संयाेजक बिकले बताए ।

राहत बितरण कार्यमा संयाेजक बिक सहित नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तकुमार अाेली, एमाले राेल्पाका अध्यक्ष बालाराम बुढा, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम, एमाले राेल्पाका सचिव निमप्रसाद राेका, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु मीन बहादुर महरा, केशब बुढा, त्रिबेणि २ का वडाअध्यक्ष कबिराज बुढा, रुन्टिगढी ९ का अध्यक्ष नेपबहादुर थापा, युवा संघका जिल्ला तथा गाउँपालिकाका जिम्मेवार ब्यक्तिहरुकाे सहभागी रहेकाे थियाे ।

लत्ताकपडा बुझ्दै अग्निपिडितहरुले बर्षायाम सुरु हुन लागेकाले बस्नकाे लागि बैकल्पिक घर र अन्य सहयाेगहरु गरिदिन समेत अनुराेध गरेका छन्। नेकपा एमालेले बैशाख१४ गते अर्थात घटनाकाे पछिल्लो दिन नै पिडितहरुकाे घरमा पुगेर खाद्यान्न सामग्री र केही कपडा सहयाेग गरेकाे राेल्पाबाट तिलक स‌घर्ष मगरले देउखुरी टुडेलाइ याे समाचार पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे