नेपालमा बिहिबार एकैदिन ५ हजार कोरोनाका संक्रमित थपिए, थप ३५ जनाको मृत्यु



नेपालमा बिहिबार एकैदिन ५ हजार कोरोनाका संक्रमित थपिए, थप ३५ जनाको मृत्यु

काठमाडौं १६ वैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप ३५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २६ सहित थप ३५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ४६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा झन्डै पाँच हजार जना कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । १२ हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण गर्दा चार हजार आठ सय ३१ र नौ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ सहित चार हजार नौ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका सहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख १७ हजार पाँच सय ३० पुगेको छ । यस्तै २४ घण्टामा आठ सय ८८ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार एक सय ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे