दाङमा बिहिबार एकैदिन २ सय ८ जना कोरोना संक्रमित थपिए



दाङमा बिहिबार एकैदिन २ सय ८ जना कोरोना संक्रमित थपिए

दाङ १६ वैशाख । दाङमा बिहिबार थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही र बुटवलमा गरिएको परिक्षणमा आज थप २०८ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ९ जनाको पिसीआर परिक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा तुलसीपुरका ६८ जना, घोराहीका ६७, बबईका ६, गढवाका ५, लमहीका ३ जना, दंगीशरणका २ जना र बंगलाचुली, शान्तीनगर, राप्ती र राजपुरका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बुटवलमा एक सय जनाको परिक्षण गरिएकोमा ५३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा तुलसीपुरका २७ जना, घोराहीका १८, राप्तीका ५ जना, लमही र शान्तीनगरका एक/एक जना संक्रमित थपिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

जिल्लामा आज मात्रै ३ जनाको मृत्यु भएको छ । यो संगै हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ । जिल्लामा अहिले १ हजार १ सय ४१ जना संक्रिय संक्रमित रहेका छन् भने कुल संक्रमितको संख्या ४ हजार २ सय ८५ पुगेको छ । जिल्लामा अहिले सम्म ३ हजार १ सय ६ जना निको भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे