दाङको तुलसीपुरमा थप दुई कोरोना संक्रमितको मृत्यु



दाङको तुलसीपुरमा थप दुई कोरोना संक्रमितको मृत्यु

तुलसीपुर १६ वैशाख । दाङको तुलसीपुरमा विहीबार थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं.६ निवासी ५२ बर्षीय महिलाको विहान १० बजेतिर र होम आइसोलेशनमा रहेका तुलसीपुर उपमहानगरपालिका वडा नंं. ११ निवासी ६२ बर्षीय पुरुषको विहान ८ बजेतिर मृत्यु भएको हो ।

तुलसीपुर ६ का ५२ बर्षीय पुरुषको बुधबार कोरोना पुष्टि भएको थियो, भने तुलसीपुर ११ निवासी ६२ बर्षीय पुरुषको विहीबार पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । तुलसीपुरमा विहीबार थप १०८ कोरोना संक्रमित थपिएका छन् । उनका अनुसार एन्टिजेन टेष्टबाट ५३ जनालाई परीक्षण गर्दा २७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९१ जनाको परीक्षण गर्दा ६८ जना र नेश्नल प्याथमा परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे