रोल्पामा अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति आधारभुत नेतृत्व विकास तालिम समापन



रोल्पामा अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति आधारभुत नेतृत्व विकास तालिम समापन

भालुवाङ १६ बैशाख । रोल्पामा अपाङ्गता भएका ब्यक्तिहरुको निम्ति आधारभुत नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । रोल्पा नेत्रहीन संघको आयोजना एवम् सामाजिक बिकास डिभिजन कार्यालय प्युठानको सहयोगमा तीन दिवसीय सबै प्रकारका अपाङ्गता भएको ब्यक्तिहरुको निम्ति आधारभुत नेतृत्व बिकास तालिम रोल्पा नगरपालिका -४-जिल्ला समन्वय समितिको कार्यालयमा समापन भएको छ ।

रोल्पा जिल्लाका १० ओटा पालिकाबाट प्रतिनिधित्व हुने गरि प्रत्येक तीन तीन जना गरि ३० जना अपाङ्गता भएका ब्यक्तिहरुको सहभागितामा आयोजित तालिममा सबै प्रकारका अपाङ्गता भएका ब्यक्ती हरुलाइ सहभागिता गराउने प्रयास गरिएको थियो। तालिममा नेपाल नेत्रहीन संघ रुपन्देही श्रवणदृस्टी बिहिन परियोजनाका प्रशिक्षक टिकाराम पौडेलले सहभागीको अपेक्षा संकलन, आचार सहिता निर्माण, नेपाल नेत्रहीन संघको स्थापना, उदेश्य , कार्य, बैठक सन्चालन, निर्णय लेखन, प्रस्ताब तथा प्रतिबेदन लेखन र तालिममा सहभागीहरुको अपेक्षा बमोजिम बिश्व मानेको दिगो बिकासको १७ लक्ष्य, त्यसका सुचक र नेपालको संविधान २०७२ मा दिगो बिकासका लक्ष्यमा भएको कुरा समाबेश आरोग्य तथा कल्याण, गुणस्तरिय शिक्षा, गरिबी निवारण इत्यादि बिषयलाई प्राथमिकता दिएर तयार गरिएको बारे सहजीकरण गरिएको थियो।

नेपालको संविधान २०७२ मा अपाङ्गता भएका ब्यक्तिहरुको समेटियको अधिकारहरु बिभिन्न प्रस्तावना, भाग, धारा तथा उपधारामा समेटिएको समेतलाइ केलाउँदै सबिधानको प्रस्तावना (चौधौं अनुच्छेद), भाग ३: मौलिक हक जस अन्तरगत धारा १८ समानताको हक, धारा २४ छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा ३१ शिक्षा सम्बन्धी हक,धारा ३९ बालबालिकाको हक, धारा ४२ सामाजिक न्यायको हक, धारा ४३ सामाजिक सुरक्षाको हक , भाग ८ सङ्घीय ब्यबस्थापिका यस भित्र धारा ८४ प्रतिनिधिसभाको गठन, धारा ८६ रास्टिय सभाको गठन र सदस्यहरुको पदाबधी, भाग १४,  प्रदेश ब्यबस्थापिक अन्तरगत धारा १७६ प्रदेश सभाको गठन र भाग २७, अन्य आयोगहरु सो भित्र धारा २५८, रास्टिय समाबेसी आयोग र धारा २५९ रास्टिय समाबेसी आयोगको काम कर्तब्य र अधिकार माथी प्रकाश पार्नु भयको थियो।

तालिममा अपाङ्गता भएको ब्यक्तीको अधिकार सम्बन्धी एन, २०७४ को परिछेद १ प्रारम्भिक, परिछेद २ अपाङ्गताको वर्गीकरण ,परिचयपत्र तथा अभिलेख ,परुछेद ३ अपाङ्गता भएको ब्यक्तिको अधिकार ,परिछेद ४ अपाङ्गता भएको महिका तथा बालबालिकाको थप अधिकार, परिछेद ५ अपाङ्गता भएका ब्यक्तिको शिक्षा, परिछेद ६ सीप बिकास तथा रोजगार ,परिछेद ७ स्वास्थ्य ,पुनर्स्थापना, सामाजिक सुरक्षा तथा मनोरञ्जन, परिछेद ८ अपाङ्गता भएका ब्यक्तिलाइ सहुलियत र सुबिधा, परिछेद ९ निर्देशन समिती तथा समन्वय समिती, परिछेद १० अपाङ्गता भएका ब्यक्तिप्रतिको दायित्व, परिछेद ११ अपाङ्गता भएका ब्यक्तिको अधिकार तथा निज प्रतिको दायित्वको संरक्षण र प्रचलन, परिछेद १२ कसुर र सजाय र परिछेद १३ मा बिबिध रहेको जम्मा १३ परिछेद र ६३ दफा रहेको जसको सुस्मरुपमा बिश्लेषण गरिएको थियो।

स्थानिय सरकार सन्चालन सम्बब्धी एन २०७४ को बिषयमा समेत सहजीकरण गरिएको थियो। तालिम अपाङ्ग भएको ब्यक्तिहरुको नियमावली २०७७ को पनि जानकारी गराएको थियो। नि बर्तमान पत्रकार महासंघ अध्यक्ष तथा समाजसेवी महेश्वर न्यौपानेले सस्थामा प्रभाबकारी सन्चार कसरी गर्न सकिन्छ ? सन्चार के हो ?सन्चारका प्रकार, महत्त्व र पहुँच युक्त सन्चार निर्देशिका एन २०७३ मा भएका बिषय बारे प्रकाश पारेका थिए। निबर्तमान पत्रकार महासंघ अध्यक्ष मानसिङ बिकले नेतृत्व भनेको के हो ?, नेतृत्वको प्रकार, नेतृत्व र नेतामा फरक, नेतृत्वमा हुनु पर्ने गुण लगायतका बिषयमा जानकारी दिएका थिए।

रोल्पा नेत्रहीन संघका अध्यक्ष चित्र डाँगीकाे अध्यक्षता एवम् रोल्पा नगरपालिकाकी उपमेयर मनकुमारी घर्तीकाे प्रमुख अतिथ्यता  तथा   प्रमुख जिल्ला अधिकारी नवराज साफ्कोटाकाे विशिष्ट अतिथ्यतामा तालिम समापन गरिएकाे हाे । तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति राेल्पाका कार्यबाहक अध्यक्ष  कर्मलाल परिवार, नेपाल नेत्रहीन रुपन्देही श्रवण दृस्टीबिहिन परियोजना प्रशिक्षक  टिकाराम पौडेल, नेकपा एमाले जिल्ला सचिव नेपबहादुर वली, नेपाली कङग्रेस रोल्पा जिल्ला पाटी प्रबक्ता कबिता उपाध्याय, नेकपा माओबादी केन्द्र रोल्पा जिल्ला सदस्य मानसिङ बिक,नेपाल पत्रकार महासंघ रोल्पाका निबर्तमान  अध्यक्ष महेश न्यौपाने, राजनैतिक तथा समाजसेवी कृष्णबहादुर घर्ती, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापति  देबि घर्तीमगर र बौद्धिक अपाङ्गता दोर्ण आचार्य  बाेलेका थिए । तालिमकाे समापन कार्यक्रमकाे सञ्चालन सस्थाका सचिब  शिशिर डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे