दाङकाे तुलसीपुरमा एकै दिन ३८ संक्रमित थपिए, सक्रिय संक्रमित १३४



दाङकाे तुलसीपुरमा एकै दिन ३८ संक्रमित थपिए, सक्रिय संक्रमित १३४

दाङ ९ वैशाख  । तुलसीपुरमा विहीबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार प्राप्त आरटी पीसीआर परीक्षण रिपोर्ट अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा १६, वडा नं. ३ मा ४, वडा नं. ४ मा १, वडा नं. ५ मा २, वडा नं. ७ मा २, वडा नं. मा ३, वडा नं. १० मा ३, वडा नं. १५ मा १, वडा नं. १७ का २, वडा नं. १८ र १९ मा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका सबै संक्रमित लक्षण सहितको रहेको कसीले बताए । योसंगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । कोरोनाबाट तुलसीपुरका २५ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे