शिबसवरी धाम पहरूवामा भव्यरूपमा रामनवमी पुजा कार्यक्रम सम्पन्न



शिबसवरी धाम पहरूवामा भव्यरूपमा रामनवमी पुजा कार्यक्रम सम्पन्न

सिसहनियाँ ८ बेशाख । दाङ देेउखुरीकाे शिवसवरी धाम पहरूवामा बुधबार भगवान रामचन्द्र र दुर्गादेवीकाे पुजाआराधना गरी रामनवमी पर्व मनाईएकाे छ । गत बर्षहरू जस्तै यस बर्ष पनि भगवान रामचन्द्र तथा दुर्गादेवी सहित ३३ काेटी देवीदेवताहरूकाे भव्य पुजाआराधना गरी रामनवमी पर्व मनाईएकाे हाे।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ पहरूवामा अवस्थित धामका करिब ४५ जना बढी भक्तजन तथा चेलाहरूले नाै दिन सम्म कडा व्रत बसी पुजाआराधना पनि व्रत समापन गरिएकाे छ । सत्य युगमा भगवान रामले राबण माथि र देवी दुर्गाले दैत्य माथि बिजय प्राप्त गरेकाे खुसयालीमा असत्य माथि सत्यकाे बिजयका रूपमा रामनवमी पर्व मनाउने धार्मिक विश्वास रहेकाे छ ।

रामनवमी पर्वकाे पूर्व सन्ध्यामा देवी दुर्गा र भगवान रामचन्द्रकाे नाममा नाै दिन सम्म व्रत बसे घरमा सुख, शान्ति प्राप्त हुनुका साथै मनाेकामना पूरा हुने धार्मिक विश्वास रहेकाे शिबसबरी धाम धार्मिक प्रतिष्ठानकी गुरु तथा संस्थापक शिवलक्ष्मी चाैधरीले जानकारी दिइन् । बिगत सात बर्ष देखि धामकी गुरु शिवलक्ष्मी चाैधरीले रामनवमीकाे पुजा गराउँदै आएकाेमा यस बर्ष भने ब्रहामणबाट पुजा आराधना गरिएकाे थियाे ।

धामकी गुरु शिबलक्ष्मी चाैधरीले शिव साधन गरेपछि ब्राहमणबाट आैपचारिक रूपमा देवी दुर्गा तथा भगवान रामचन्द्रकाे पुजा आराधना शुरू भएकाे थियाे । धामका पुजारीहरू साेमिया बस्नेत, सन्ताेष बुढाथाेकी, बसन्ती धामी र रबिना चाैधरीले पुजाआजा गराएका थिए ।

रामनवमी पुजामा धामका विशेष सल्लाहकार रूपक चाैधरी, महासचिव धना चाैधरी, काेषाध्यक्ष सुमित्रा चाैधरी, सदस्यहरू सुरजमनि चाैधरी, प्रभा चाैधरी, शुशिला चाैधरी, शान्ति माझी, पेमा मर्साइ, टेकी पल्लीमगर, हरि बिसी लगायतले व्रत लिई विशेष पुजाआजा गरी मनाएका थिए । पुजा आराधना पछि हाेम पुजा गरी आरती पुजा गरिएकाे थियाे भने रातभरी नै भजनकृतन गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे